मनु मगर
घोराही ,६ बैशाख। दाङमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । सर्वाबाट घोराही सिमेन्ट उद्योग जाँदै गरेको ना ६ ख ८२१० नम्बरको ट्रकले र विपरित दिशाबाट आउँदै गरेको रा २ प ९६०१ नम्बरको मोटरसाइकलाई गोग्लीचोकमा ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतकको साथमा कुनै कागजपत्र नभएका कारण नाम ठेगना नखुले प्रहरीको भनाई रहेको छ । मृतकको शनाखत हुन नसक्दा शवलाई राप्ती उपक्षेत्रिय अस्पतालको शवगृहमा राखिएको छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रण रहेको छ भने मृतकको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।