काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका छन् । चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको प्रमकोा निजी सचिवालयले जनाएको छ ।
भेटमा सुरक्षा अङ्गका प्रमुखहरूले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए । गोरखापत्रबाट