बैशाख ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा अङ्गका प्रमूखहरुलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ ।
भेटमा प्रधानमन्त्रीले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे सुरक्षा अङ्गका प्रमूखहरुसँग जानकारी लिनुभएको हो । भेटमा प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमूखहरुलाई निर्देशन दिनुभएको छ ।
भेटमा सुरक्षा अङ्गका प्रमूखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराउनु भएको थियो ।