काठमाडौं, ५ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दै छिन् ।
आज नै राष्ट्रपति भण्डारीको सम्मानमा भारतीय समकक्षी मुखर्जीले राजकीय भोजको आयोजना गर्दै छन् । त्यस्तै, राष्ट्रपतिको सम्मानमा राष्ट्रपति भवन परिसरमा विशेष कार्यक्रम गरिँदै छ । रानधानीमा खबर छ । त्यहाँ राष्ट्रपति भण्डारीलाई गार्ड अफ अनरको सलामी दिइनेछ । त्यस्तै, आज नै राष्ट्रपति भण्डारीले राजघाटमा महात्मा गान्धीको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।