Indrenionline.com

कपिलवस्तुमा १५० जनाले विभिन्न पार्टि परित्याग

माधव बेल्वासे

कपिलवस्तुमा १५० जना ले विभिन्न पार्टि परित्याग गरेका छन । एमाले मुक्त थारुहट मधेश वनाउनका लागि अन्य पार्टि पत्यिाग गरेको वताएका छन ।

विभिन्न समयमा एमाले लगाएत अन्य पार्टिहरुले जातजाति भाषाधर्मको विषयमा भेदभाव गर्ने गरेकोले अव ति पार्टिहरुलाई मधेशवाट विदाई गर्नुपर्ने स्थानिय जगतदेव थारुले वताए ।

नेपालमा सवै जातजाति भाषा धर्म का मानिसहरु वस्ने भएतापनि राजनितिकको विषयले दोन्द्ध फैलाउने गरेकोले परित्याग गरेको उनिहरुको भनाई रहेको थियो ।

कपिलवस्तुको क्षेत्र न ४ र ५ मा क्रियासिल राजनितिक गरिरहेको व्याक्तिहरु अव केहि समय स्वतन्त्र रहने वताए । जगतदेव थारु,विजय जयसवाल,मंगल थारु,हिरालाल थारु,कल्लु थारु,अनिल सिह थारु लगाएको नेतृत्वमा पार्टि परित्याग गरिएको थियो ।  निजिकिदै गरेको स्थानिय तहको चुनावको वेला पार्टी परित्याग गर्दा ठुला पार्टिहरुलाई समस्या हुने देखिएको छ ।