काठमाडौं । उपत्यकाको नै प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा रहेका रणमुक्तेश्वर मन्दिर प्राचिनकालमा नै निर्माण भएको हो । उक्त मन्दिर गुठी संस्थानको सम्पत्ति भएको र त्यसले चर्चेका लगतपात सबैमा गुठी संस्थानको अधिकार र भोगचलन गर्न पाउने कानुनी प्रावधान छ ।
गुठी संस्थानका कर्मचारीहरुको मिलेमतोमा मन्दिरका नाममा स्थानीय केही नेता तथा व्यक्ति विशेषले लुट धन्दा मच्चिाउँदै आएको पाइएको छ । उक्त मन्दिरको संरक्षणमा अवैध अशुली गरेर होस् वा मन्दिर परिसरमा रहेको पसल कवलहरुबाट अवैध रुपमा मासिक भाडा अशुलेर होस् उक्त गिरोहको त्यस क्षेत्रमा ठगी धन्दामा मौलाएको छ ।
रणमुक्तेश्वर मन्दिर परिसर एवं न्यूरोड क्षेत्रका विभिन्न सार्वजिक जग्गा होस् वा व्यक्तिविशेषको मुद्दा मामिलामा फसेका जग्गाहरु हुन सो गिरोहले कब्जा गर्दै मासिक रुपमा चर्को भाडादरमा जिलमा दिने र मासिक रुपमा लाखौं रुपैयाँ अवैध संलग्नमा सक्रिय सो गिरोहको समाचार तीव्रखबरले पटक पटक प्रकाशन गरेपछि सम्बन्धित निकायको ध्यानाकर्षणसंगै छानविन शुरु गरेको बताइएको छ ।
एमाले निकट केही नेता तथा कार्यकर्ताहरुले दुहुनो गाईको रुपमा रणमुक्तेश्वरलाई प्रयोग गरिरहेको र उक्त मन्दिरको संरक्षका नाममा समेत मोटो रकम संकलन गर्दै काम भन्दा कमाउ धन्दामा लागेका चिनीकाजी महर्जन, राजेन्द्रमान श्रेष्ठलगायतका गिरोह अहिले कारवाहीबाट जोगिन शक्तिकेन्द्रहरुमा लम्पसार पर्न थालेसंगै अख्तियारको अनुसन्धान प्रभावित भएको दावी स्रोतले गरेको छ । थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ । तीव्रखबर बाट