Indrenionline.com

कसरी हेर्ने आफ्नो फोटोसहितको मतदाता नामावली ?

काठमाडौं, ४ बैशाख । निर्वाचन आयोगले दशैभरीको अन्तिम मतदाता नामावली निकालेको छ ।

वैशाख ३१ गतेका लागि तय भएको स्थानीय निर्वाचनमा मतदात गर्नका लागि फोटोसहितको मतदाता परिचयपत्र आवश्यक पर्छ। त्यसका लागि निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा नाम हुनु आवश्यक छ। आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावली हेर्न सकिन्छ ।

यसका लागि आयोगको लिंकमा क्लिक गरेर आफ्ना जिल्लाभित्र गाउँपालिका वा नगरपालिका खोज्ने र त्यसमा आफ्नो वडा नम्बर छानेपछि तोकिएको विवरण भर्दै जाँदा तपाईंको नाम र सम्पूर्ण विवरण हेर्न सकिन्छ । फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर अनिवार्य टाइप गर्नुपर्नेछ।

तलको लिंकबाट आफ्नो मतदाता विवरण थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

http://election.gov.np/election/np/bbvrs