बैशाख २, काठमाडौं । नयाँ बर्षको नयाँ बिहानी सुरुआतसँगै प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रम उद्घाटन लगत्तै दशरथ रंगशालावाट सुरु भएको अभियानात्मक ¥याली बसन्तपुरमा पुगेर समापन भएको थियो । देशभर ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।