माधव बेल्वासे
कपिलवस्तु , २ बैशाख । कपिलवस्तुको शिवराज नगरपालिका १० सितलापुरमा गत चैत्र ३० गते भएको आगलागि वाट भएका पीडितहरुलाई चन्द्रौटा उद्योग वाणिज्य संघका पहलमा राहत वितरण गरिएको छ ।
अध्यक्ष मियाले यसअघि आप्mनो कम्पनि वाट पनि राहत वितरण गरेका थिए ।५० भन्दा वढि घरपरिवारहरु अहिले घरवार विहिन भएका छन ।
पीडितहरुको समस्या वुझि थोरै राहतले सहयोग पुग्ने विश्वासमा सो राहत वितरण गरिएको अध्यक्ष मियाले वताए । विभिन्न सहयोगी निकायबाट सम्पर्क समन्वय गरेर सहयोग गरिरहेको उनले वताए ।
सो राहत वितरण कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अलि मिया,सदस्यहरु विष्णु पाण्डे,सन व सारु,हाडवेयर व्यावसाय संघका अध्यक्ष मकवुल खान,समाजसेवि सविर पठान लगाएत रहनुभएको थियो ।