रबिन्द्र यादव
परासी, २ बैशाख । नवलपरासीको सदरमुकाम परासीमा मुस्लिम समुदायको एक दिने धार्मिक प्रवचन (जल्सा) कार्यक्रम सकिएको छ । ईस्लाम धर्मको संरक्षण र प्रवद्र्धनमा मुस्लिम समुदायको एकता गर्ने उद्देश्यले आयोजित प्रवचन कार्यक्रम वक्ताहरुले ईस्लाम धर्मको संरक्षणमा मुस्लिमहरुको एकता आवश्यक रहेको बताए ।
नेपालमा उच्च उर्दु शिक्षाको कमी, उर्दु शिक्षकको दरबन्दी र सरकारद्धारा प्रदान गरिने विभिन्न सेवा सुविधाबाट मुस्लिम समुदाय बन्चित रहेको अवस्था छ । सरकारले सयस समुदायकोे आवश्यकता पहिचान गरि सहयोग गर्न वक्ताहरुले सरकारलाई आग्रह गरे ।
जामिया फैजाने अहलेबैत मदरसाका प्रधानाध्यापक मौलाना सैयद गुलाम हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा भारतको एलाहाबाद निवासी धर्मावलम्बी सैयद गुलाम गौस, कुशीनगरका सैयद एक्बाल अहमद, भैरहवाँ, रुपन्देही नेपालका मौलाना सिद्दिक अहमद, विहारको देवरिया निवासी सैयद हेदायतुल्लाह सम्सी, महराज गंजको निचलौल निवासी मौलाना खालिद रजा, देवा शरिफका मौलाना ग्यासुद्दिन अलि, मौलाना, तसलिम रजा, मौलाना ताजुद्दिन अलि, मौलाना, उमर निजामी, मौलाना सैयद ईरफान अहमद, मौलाना, अमिरुल्लाह अंसारी, मौलाना, अलाउद्दिन अंसारी, स्थानिय समाजसेवी हाजी ईस्हाक मिँया, हाजी अलाउद्दिन अंसारी, युवा समाजसेवी अमिरुल्लाह मिँया, कासिद अलि लगायतले बोलेका थिए ।
कार्यक्रममा विगत दुई वर्षदेखि मुस्लिम समुदायको हकहितको क्षेत्रमा क्रियाशिल भई काम गर्दै आएको तन्जिमुल ओल्मा युनियन नवलपरासीका सम्पुर्ण पदाधिकारी एवं सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल भारत गरि करिब हजारको संख्यामा श्रोताहरुको उपस्थिती रहेको थियो ।