Indrenionline.com

कपिलवस्तुमा ५९ घरगोट जलेर भष्म भएपछि….

माधव बेल्वासे
चन्द्रौटा(कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरमा बुधबार दिउँसो साढे ११ बजे आगलागी हुँदा ५९ घरगोठ जलेर खरानीमा नष्ट भएको छ । स्थानीय मन्नान मियाको घरबाट आगलागी भएको हो । आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ गोटा बाख्रा जलेर मरेका छन् ।

आगलागीबाटे वाटा खाद्यान्न सम्पूर्ण जलेर खरानी भएको छ । आगलागीबाट बसिर मियाको १३ गोटा बाख्रा, सत्यनारायण चमारका ४, मंसुर मियाका ३ र मन्नान मियाका २ गोटा बाख्रा जलेर मरेको भट्टराईले बताए ।

तौलिहवा र कृष्णनगरबाट आएको दमकल, वडाप्रहरी कार्यालय चन्द्रौटाको टोली, महराजगञ्जको सशस्त्र टोली, स्थानीय बासिन्दा लगायतको सक्रियतामा आगो साँझ ३ बजे नियन्त्रणमा आएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

आगलागी भएको एक घण्टापछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाह समेतको टोलीले स्थलगत अनुगमन, निरीक्षण गरेका थिए ।

आगो नियन्त्रणसँगै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्ला दैबी प्रकोप राहत कोषबाट पीडित परिवारलाई तत्काल जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गर्नुभयो । प्रजिअ ढकालले पीडित सम्पूर्ण घरपरिवारलाई विहीबारसम्म जनही १० हजारका दरले रकम वितरण गरिने बताउनुभयो । सोही क्रममा प्रजिअ ढकालले जिल्ला दैवीप्रकोप राहत समितिको बैठक बसी अन्य सामग्रीको लागि तत्काल पहल गरिने समेत पीडित परिवारलाई आश्वासन दिनुभएको थियो ।