माधव बेल्वासे
चन्द्रौटा, ३१ चैत । कपिलवस्तुका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको छ ।जिल्लाको शिवराज नगरपालिका १०, सितलापुरमा चैत्र ३० गते बुधबार दिउसो साढे ११ बजे आगलागी हुदा ५९ घरगोठ जलेर नष्ट भएको थियो । स्थानीय मन्नान मियाको घरबाट सुरु भएको आगोले ४२ घरपरिवार घरबार विहिन भएका छन ।
अग्नीपिडितलाई घटना स्थलमा पुगी समाजसेवी तथा फफुरी बोर्डिङ स्कुलका डाइरेक्टर फहरान इकबाल खान, समाजसेवी विजय जयसवाल,मेहताव आलम खान,सहेनसा आलम खान उर्फ बब्बुले वुधवार संयुक्त रुपमा राहत स्वरुप खाद्य सामाग्री वितरण गनुभएको छ । प्रति घरपरिवार पिडितहरुलाई १० केजि चामल,१ केजि तेल, १ केजि नुन, १ केजि दाल, र मसला १ प्याकेट वितरण गरिएको छ ।
आगलागीले पिडितहरुको सम्पूर्ण सामाग्री नष्ट भएको हुदा अतिआवश्यक सामग्री वितरण गरिएको समाजसेवी विजय जयसवालले बताउनु भएको छ । त्यस्तै पुर्व गाविश सचिव तथा समाजसेवि कृष्ण कुमार चौधरिले वुधवार नै घटना स्थलमा पुगि प्रतिघर नगद ५ सय र ५ केजि चिउरा वितरण गर्नुभएको छ ।