काठमाडौं, ३१ चैत । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष द्वन्द्वका घटनाहरु छानविन तथा त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधान सम्वन्धी दुई छुट्टा छुट्टै कार्यदलले आज प्रतिवेदन बुझाएका छन् ।
यसैगरी द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परिक्षण सम्वन्धी कार्यदलले प्रधानमन्त्री ज्यूको उपस्थितिमा शान्ति मन्त्री सीतादेवी यादवलाई बुझाएको प्रतिवेदन उहाँले प्रधानमन्त्रीलाई बुझाउनु भयो । प्रतिवेदनमा पन्ध्र हजार तीन सय पाँच घटनाहरुको छानविन तथा अध्ययन विवरणसहित आवश्यक सुझाव दिइएको छ । प्रधानमन्त्रीले कार्यदलमा संलग्न सबैप्रति आभार व्यक्त गर्दै महत्वपूर्ण सुझावसहितको प्रतिवेदन पेश गरेकोमा धन्यवाद दिनु भयो ।