Indrenionline.com

वैशाखभित्रै मधेसवादी दल एक ठाउँमा आउने तयारी

काठमाडौ ३१ चैत । मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत बैशाखभित्रै एकता हुने आजको कान्तिपुरमा खबर छ ।

पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकिकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ । संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल हुने छैन ।

यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधवार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरेको भोलिपल्ट मोर्चाले यस्तो निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले बताए ।