
भारतमा रोजगारी गर्दै आइरहेका गोर्खा जिल्ला मनकामना–३ बस्ने ३८ वर्षीय दिलबहादुर विकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न विकलाई बालबालिकालाई बेचबिखन गर्नका लागि भारत लैजान लागेको आशङ्कामा नियन्त्रणमा लिएको र विकलाई मानव बेचबिखन बिरुद्धको मुद्दा चलाइएको उनले जानकारी दिए । भारत जानबाट बचेका नौ जना बालबालिकालाई प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ ।