Indrenionline.com

स्थानीय तहको चुनावपछि विकास : प्रधानमन्त्री

काठमाडौं, २९ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावपछि गाउँको विकास र सम्वृद्धिले गति लिने बताएका छन् । आज दिउसो बलम्बुमा चन्द्रागिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले तोकिएकै मितिमै चुनाव हुने भन्दै त्यसका लागि सबैको सहयोग अपरीहार्य भएको बताए । उनले चुनावपछि स्थानीय तहमै संगठितरुपमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार आउने भएकाले यो निर्वाचन धेरै महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्रीले चन्द्रागिरीको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताउँदै काठमाडौंको गेटका रुपमा रहेको चन्द्रागिरीको विकासमा सरकारको ध्यान जाने बताए । प्रधानमन्त्रीले कलंकीदेखि थानकोट हुँदै नागढुंगासम्मको सडक सिघ्र निर्माण गर्न सम्वन्धित निकायलाई निर्देशन दिइने जानकारी दिए ।