२८ चैत । हाँस्य कलाकार केदार घिमिरेको ४३ औँ जन्मदिन रेडियो अडियोको प्रागंणमा मनाएका छन् । उनको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपा श्री निरौला, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी, निर्देशक विकास राज आचार्य, केदारकी श्रीमती सीता घिमिरे, लगायतको उपस्थिति रह्यो ।
पछि भने दीपकले भावुक हुँदै भने, ‘हामी बीच भावनात्मक सम्बन्ध छ । पछिल्लो समयमा हामी हाँस्य कलाकारहरु बीच एक खालको एकता भएको छ । पहिले–पहिले हामी बीच एक किसिमको प्रतिस्पर्धाको गन्ध आउँथ्यो । कार्यक्रमहरुमा हात मात्रै जोडिन्थ्यो । मन जोडिदैनथियो । तर अहिले भने हात पनि जोडिन्छ । मन पनि जोडिन्छ । गाला पनि जोडिन्छ । सहकार्यमा उसले सधैँ तोड्नेहरुलाई जवाफ दिँदै जोड्ने मै आएको छ ।’