शरद रेग्मी
काठमाडौं, २८ चैत । दाङका समाजसेवी तथा युवा व्यवसायी यज्ञवहादुर केसी सम्मानित भएका छन् । सुविधा सम्पन्न हल निर्माणका लागि एक करोडभन्दा बढी पर्ने जग्गा तुलसीपुर उद्योग वाणिज्य संघलाई प्रदान गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सोमबार कदरपत्रसहित सम्मान गरेको हो ।
व्यवसायी केसीले केही समय अघि एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने तुलसीपुर उपमहानगरपालिकामा रहेको चार कठ्ठा जग्गा तुलसीपुर उद्योग वाणिज्य संघलाई दिएका थिए ।