Indrenionline.com

नेपाल एयरलाइन्सका क्याप्टेन ९३ हजार अमेरिकी डलरसहित पक्राउ

काठमाडौं, २८ चैत । नेपाल एयरलाइन्सका क्याप्टेन ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका छन्। काठमाण्डौंदेखि दुबई प्रस्थान हुँदै गर्दा आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै क्याप्टेन सुवर्ण अवाले पक्राउ परेका हुन्।

महानगरीय प्रहरी आयुक्त बमबहादुर भण्डारीले क्याप्टेन अवाले आइतबार राति साढे ११ बजे डलरसहित विमानस्थलमा पक्राउ परेको जानकारी दिए। उनी आफैंले ती सबै रकम बोकेर विमानस्थल प्रवेश गरेको प्रहरीले जनाएको छ। उनले बोकेको रकमको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी प्रहरी हिरासतमा छन्।

क्याप्टेन अवाले पक्राउ परेपछि विमान उडान भने रोकिएन। उनको सट्टा तत्काल अर्का क्याप्टेन महेशमान डंगोलले विमान उडान गरेका थिए ।