रुकुम, २८ चैत । अहिलेको समयमा एकैछिन पनि सञ्चार सेवा नहुँदा कति छटप टाहाट हुन्छ ? कति काम समस्या हुन्छ हामी सबैलाई थाहा छ । तर रुकुमका जनता एक दिन होइन तीन तीन दिनदेखि फोन सेवाबाट वञ्चित छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
चट्याङका कारण रिपिटर स्टेसनमा रेडियो उपकरण जलेर पूर्णरुपले क्षति भएको र मर्मतका लागि प्राविधिक टोली नेपालगन्जबाट सम्बन्धित ठाउँमा गइसकेकाले अबको केही दिनपछि फोन सेवा सुरु हुने छ । हिमाली क्षेत्रमा हिमपात भएका कारण मर्मतका लागि केही समय लाग्ने नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय नेपालगन्जले बताएको छ ।