Indrenionline.com

छत्तीस दलले बुझाए आयोगमा हस्ताक्षर

काठमाडौँ, २७ चैत । निर्वाचन आयोगमा शनिबारसम्म ३६ वटा राजनीतिक दलले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक हस्ताक्षर बुझाएका छन् । आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि चैत ३० गतेसम्म थपेको छ ।

शनिबारसम्म उपेन्द्र यादव अध्यक्ष रहेका सङ्घीय समाजवादी फोरम, विजयकुमार गच्छदार अध्यक्ष मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपाललगायतका ३६ वटा राजनीतिक दलले हस्ताक्षर बुझाएको आयोगले जनाएको छ ।

वैशाख १६ गते उम्मेदवारको मनोनयन गर्दा कुन दलको कुन उम्मेदवार हुन् भनेर छुटाउन र दलको आधिकारिक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले दलको आधिकारिक हस्ताक्षर माग गर्ने निर्णय गरेको थियो । गोरखापत्रमा खबर छ ।