काठमाडौं, २७ चैत । सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने गृहकार्य अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । सातै प्रदेशका जनता स्थानीय तहको निर्वाचनका लागि तयार भइसकेको अवस्थामा दुई चरणमा निर्वाचन गराउन खोज्नुले गम्भीर षड्यन्त्रको आभाष पाइएको निष्कर्षसहित एमालेले आपत्ति जनाएको हो ।
स्वास्थ्य परीक्षणका लागि शनिबार बैंकक प्रस्थान गर्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीले सो अडान राखेका हुन् । ‘स्थानीय तहको निर्वाचन दुई चरणमा नभई एकै चरणमा हुनुपर्छ, जनता मतदानका लागि तयार भइसकेका छन्,’ ओलीले भने । राजधानीमा खबर छ । प्रमुख सत्तारूढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने सहमति जनाए दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय कांग्रेस गरिसकेको छ । एमालेले सत्तारूढ दल निर्वाचन गराउन नचाहेको हो कि भन्ने आशंकासमेत गरेको छ ।