काठमाडौं, २५ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय तहको निर्वाचनमा महिलालाई नेतृत्वमा ल्याउने अनिवार्य व्यवस्था गरिएकाले यो निर्वाचनमार्फत् महिला अधिकार संस्थागत हुने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले महिला, दलित, मुस्लिमलागायत उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गरी नयाँ संविधान जारी भएको बताउँदै सबैखाले बिभेद अन्त्य गर्ने र महिला अधिकार संस्थागत गर्ने प्रक्रियालाई सफल बनाउन सरकार लागिपरेको स्पष्ट पारे ।