काठमाडौं, २४ चैत । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गर्न लागेको छैठौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स९२०७३ ० को तयारीको पुरा भएको छ ्र संघले आज पत्रकार सम्मेलन गर्दै चैत्र २५ र २६ गते राष्ट्रिय खेलकुद परिषदस्थित कभर्ड हलमा हुने प्रतियोगिताको अन्तिम तयारी भएको जानकारी दिएको हो ।
यसपाली संघकै आयोजनामा प्रथम पटक शारीरिक सुगठन प्रतियोगिताको विधा अन्तर्गत पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स खुल्ला उचाई समूह अन्तर्गत प्रतियोगिता आयोजना हुने पनि जनाइएको छ । शारीरिक सुगठन प्रतियोगितामा एउटा क्लब,संघ,संस्थाबाट एउटा वजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १२ जना खेलाडीहरु र १ जना टीम मेनेजरले प्रतियोगितामा भाग लिन तथा टीमको प्रतिनिधित्व गर्न पाउने छ । यस प्रतियोगितामा नेपाल भरिका विभिन्न क्लब तथा संघ संस्थाबाट करीब सयजना खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।
प्रतियोगिताको पहिलो दिन चैत्र २५ गते प्रि–जजि· राउण्ड अन्तर्गत प्रत्येक समूहबाट जम्मा ५ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डकोलागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण,रजत तथा काश्य पदक एवं प्रमाण पत्रले सम्मानित गरिने छ । चौथो तथा पांचौहुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछ । प्रत्येकवजन समूहमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु। २५ हजार , १५ हजार तथा १० हजार नगद प्रदान गरिने छ ।