पोखरा, २३ चैत । नेपालमा दैनिक ८ सय ८५ जना महिलाले गर्भपतन गर्ने गरेको तथ्याङक सार्वजनीक भएको छ। वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र र अमेरिकाको गुडमाकर इन्स्टिच्यूटले नेपालमा गरेको अनुसन्धानबाट त्यस्तो तथ्य सार्वजनीक भएको हो।
तथ्याङ्क अनुसार गर्भपतन गरेका मध्ये ४२ प्रतिशतले मात्रै सरकारले तोकेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गर्ने गरेका छन्। अन्य ५८ प्रतिशतले अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिकमा गएर गर्भपतन गराउने गरेको अध्ययनमा दाबी गरिएको छ। बैध रुपमा गर्भपतन गराउने मध्ये ३७ प्रतिशतले मात्र सरकारी स्वास्थ्य संस्थामा, ३४ प्रतिशतले एनजिओमार्फत चलेका स्वास्थ्य संस्थामा र बाँकी २९ प्रतिशतले नीजि स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको पुरीले बताए।
पश्चिमाञ्चलमा भने ४९ प्रतिशतले एनजिओद्वारा सञ्चालित स्वास्थ्य संस्थामा, ३८ प्रतिशतले सरकारी स्वास्थ्य संस्थामा र १३ प्रतिशतले निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको तथ्याङ्कले देखाएको छ। नेपाल खवरमा समाचार छ । नेपालमा कुल गर्भ मध्ये ५८ प्रतिशत गर्भ अनिच्छुक गर्भ रहने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। अनुसन्धान अनुसार नेपालमा मध्यमाञ्चलमा सबैभन्दा धेरै ५९ प्रतिशत र सुदुरपश्चिमाञ्चलमा सबैभन्दा कम ३४ प्रतिशत अनिच्छुक गर्भ रहने गरेको उनले बताए।