Indrenionline.com

आगलागीबाट घर जलेर नष्ट

संजय कुशवाहा
नवलपरासी, २२ चैत । नवलपरासीको सदरमुकाम परासी देखि करिब ३० किलोमिटर दक्षिणी सिमावर्ती क्षेत्र सोमनीमा आज बिहान आगलागी हुदा एक घर जलेर नष्ट भएको छ ।

प्रतापपुर गाउँ पालीका साबिक वार्ड न ।३ सोमनी बस्ने श्रीनीवास यादवको कच्ची घर जलेर नष्ट भएको हो । यादवको घरमा बिहान खाना पकाउदा ग्यास सिलेण्डरको पाईप फुटे पछि घरमा आगो लागेको हो ।

आगलागी बाट करिब २ लाख ५० हजार बराबरको साईकिल ,खाद्यान्न ,लत्ताकपडा ,महत्वपूर्ण कागजात लागायत सामानहरू जलेर नष्ट भएको छ ।सो आगोलाई प्रहरी र स्थानीयहरूको सहभागीमा नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नाईब निरिक्षक भिमआर्जुन आधिकारीले जानाएका छन ।