Indrenionline.com

अपडेट-मुग्लिन–नारायणघाट सडक खुल्यो, पहिरोले पुरिदा दुई जनाको मृत्यु

चितवन, २१ चैत । पहिरो खस्दा विहानैदेखि अवरुद्ध मुग्लिन–नारायणघाट सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवन कविलासस्थित घुमाउनेमा सुख्खा पहिरो खस्दा अवरोध भएको सडकखण्ड एकतर्फिरुपमा सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

पहिरोमा चार ठूला सवारीका साधन र पाँच मोटरसाइकल पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।