Indrenionline.com

नवलपरासीमा नेपाल भारत प्रहरीको संयुक्त गस्ती

रबिन्द्र यादव
परासी, २१ चैत । नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती सुरु गरिएको छ । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल एसएसबी झुलनीपुर महाराजगन्जले संयुक्त गस्ती गरेका छन् ।

शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरीक्षक पदम बहादुर पुनको नेतृवमा गएको गस्ती टोली र भारतको तर्फबाट झुलनीपुर महाराजगन्जको शसस्त्र उपरीक्षक सुरेन्द्र ठाकुरको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०१/६ देखी स्तम्भ संख्या ५०२/७ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले बताएको छ ।

नेपाल भारतको सम्बन्ध कायम राख्न र खुल्ला सिमाना भएकोले अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि संयुक्त गस्ती सुरु गरिएको जनाइएको छ । दशगजामा वातावरण दुर्गधित प्रदुषित बन्दै गएको स्थानीयहरुको गुनासो बढदै जादा र नेपाल भारतको विभिन्न संचार माध्यम समाचार आएपछि त्यसलाई नियन्त्रण गर्न पनि संयुक्त गस्ती भएको बुझ्न सकिन्छ ।

गस्तीको क्रममा सिमाको किनारमा राखिएको पसल दोकान तथा बस्दै आएका बासीन्दाहरुले राखेको पराल, माटो, घुर लगायत समानहरु तत्काल हटाउन निर्देशन समेत दिईएको छ । संयुक्त गस्ती टोलीमा नेपाल र भारतबाट करिब २० भन्दा बढि सुरक्षा कर्मीको सहभागीता रहेको थियो ।