चितवन, २१ चैत । मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत चितवन कविलासस्थित घुमाउनेमा पहिरो खसेर नौ वटा सवारी साधन पुरिएका छन्।
सो घटनामा हालसम्म एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा दुई जना घाइतेको उद्दार गरिएको पनि जनाइएको छ। पहिरोका कारण भएको सम्पूर्ण मानवीय क्षतिको विवरण आउन बाँकी छ। प्रहरीले बिहान पौने एघार बजे खसेको पहिरोमा पुरिएका मानिसको उद्दार कार्य जारी राखेको छ।