काठमाडौं, २१ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बैशाख ३१ गते सहज वातावरणमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
प्रधानमन्त्रीले संविधान संशोधनका लागि सत्तापक्षको मात्रै दुई तिहाई नपुग्ने प्रष्टाउँदै प्रमुख प्रतिपक्षसँग समेत छलफल गरेर सहमति बनाउने प्रयास भइरहेको बताए ।
मधेशी जातीय समन्वय समाजको तर्फवाट संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।