काठमाडौँ, २० चैत । नेपाली आधुनिक कथासाहित्यका प्रणेता कथाकार गुरुप्रसाद मैनालीको स्मृति दिवस तथा कथा दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा चार स्रष्टा पुरस्कृत भएका छन् ।
सोही अवसरमा उपकुलपतिले साझा प्रकाशनबाट प्रकाशित कथाकार नरेन्द्रराज पौडेलको कथासङ्ग्रह ‘रोबोटको आँखा’ विमोचन गर्नुभएको थियो ।
समालोचक डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित स्रष्टा श्रेष्ठका साथै विमोचित कथासङ्ग्रहबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कथाकार माया ठकुरी, संस्कृतिविद् तेजेस्वरबाबु ग्वंग, साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । उक्त अवसरमा लघुकथा वाचनका साथै भारतबाट आएका नेपाली भाषी साहित्यकारलाई स्वागत तथा सम्मान गरियो । कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको थियो ।