काठमाडौं, १९ चैत । नेपालमा पनि आजदेखि युरो फोर मापदण्डको इन्धन आउने एको छ । भारतले आफ्ना रिफाइनरीबाट पूर्ण क्षमतामा युरो फोर मापदण्डको तेल प्रशोधन गर्न सुरू गरेपछि नेपालमा पनि त्यही गुणस्तरको इन्धन आउने भएको हो ।
युरो फोर मापदण्डको इन्धन लोड भएका ट्याङकर आएपछि केही दनभित्रै बिक्री सुरु गर्ने तयारी छ । यसअघि नेपालमा भारतबाट ल्याएर युरो थ्री मापदण्डको डिजेल पेट्रोल बिक्री हुने गरेको थियो ।