नवलपरासी, १९ चैत । नवलपरासीमा ट्रक र बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बसमा रहेका ४ जनाको घटनास्थलमा नै ज्यान गएको हो । यस्तै भारतीय ट्रकका चालकको उद्धारका क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका ५ जनामध्ये चारको मात्र सनाखत भएको छ ।
दाङका १६ वर्षका बलीराम चौधरी, १७ वर्षका वीरवल चौधरी, सुर्खेतका ४० वर्षका हरिराम जालीमगर र भारतीय ट्रक चालक विहारको बर्गदवाका २५ वर्षको रियाज खानको ज्यान गएको हो । घाइते पाँच जनाको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।