यमकला भुसाल
तुलसीपुर (दाङ), १८ चैत । कामलाई सानो ठूलोमा वर्गाीकरण गरी सानो काम गर्न लाजमान्ने प्रबृति वढिरहेको वेला तुलसीपुरकी एक दलित महिला भने सानै कामबाट जिवन यापन गर्न सफल भएकी छिन् ।
आफुले चाहे काम कहिले सानो ठुलो हँुदैन भन्ने विचार भएकी ६३ वर्षकी कली नेपालीले तुलसीपुर उपमहानगरपालिका ७ तुलसीपुरमा बसेर फलफुल व्यापार व्यापार गर्दै आएकी छिन् । उनले बिगत ३० वर्षदेखि तुलसीपुरमा फलफुल व्यापार गरेर परिवारको साहारा बनेकी छिन् । ६३ वर्षकी हिम्मतवाली कली नेपालीको श्रीमानले अर्की बिहे गरेर अन्तै गएपनि आफु छोरा बुहारीसगैँ तुलसीपुरमै सिजन अनुसार व्यापार गदै आफ्नो दिनचर्या सजिलै विताउन सफल छिन् ।
डेरा लिएर व्यापार गदै आएको ३० वर्ष भयो उनले भनिन्– ‘यसैबाट घरभाडा पनि तिर्दै आएकी छु र पाँच जनाको परिवारलाई सजिलै खर्च पनि धानेकी छु ।’ गरिखाने आफ्नो खेतबारी नभएपछि व्यापार गरेर बस्न बाध्यता भएको नेपालीले वताइन् । आर्थिक अवस्था कमजोर छ परिवारमा जोरजाम गर्ने कमाउने कोही छैन कलीले भनिन्– ‘४२ वर्षको उमेरदेखि यही पेशा गदै आएकी छु ।’
आफु गरिव भएको र आफुलाई दलितका नाममा आउने अनुदान तथा लक्षित कार्यक्रमले समेत नछोएको कलीले गुनासो गरिन् । सरकारले सबैलाई राहात दिन्छ सहयोग गरेको छ तर हामी गरिब दुखीको सुखंको दिन कहिले आएन नेपालीले गुनासो छ । उनले काम कहिले सानो ठुलो हुदैन हामी महिलाले पनि चाहेपछि जुनसुकै पेशा गरेर परिवारको साहारा बन्न सक्ने र खाली समयमा अरुका कुरा गरेर बस्नुभन्दा सिपमूलक तालिम या कुनै व्यापार व्यवसाय गरेर बस्न सबै महिलालाई उनको सुझाव छ ।