दिपक बोहरा
शान्तिनगर , १७ चैत्र । पश्चिम दाङ शान्तिनगरमा रहेको सुन्दरादेवी शक्तिपिठ मन्दिरलाई पर्यटकको आक्रर्षणको केन्द्र बनाउन पहल थालिएको छ । ओझेलमा परेको मन्दिरलाई पर्यटनको आर्कर्षणको केन्द्र बनाई आर्थक सम्बृद्धि गर्नकालागि पर्यटन पत्रकार संघको संयोजनमा एक बिज्ञ टोली त्यहाँ पुगेको हो । शान्तिनगर गाउपालिका ३ सुकेकोटमा रहेको मन्दिरमा पुगी ईञ्जिनियर, अर्थशास्त्री, समाजशास्त्री, मन्दिर ब्यबस्थापन समितिका पदाधिकारीलगायतको टोलीले मन्दिरलाई आकर्षणको केन्द्र बनाउन गुरुयोजना तयार पारेको छ ।
सोही मन्दिरमा गएर भक्तजनले आफुले ईच्छाएको चिज मागेपछि बर प्राप्त हुने जनबिस्वास रहेको छ । मन्दिर लेकमा रहेको र वरपरको हराभरा जंगलले गर्दा पर्यटककहरुलाई मन्दिरको आकर्षणको केन्द्र बन्न सक्ने पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनिराम शर्माले बताए । साथै त्यहाँबाट शिस्ने हिमाल, मुक्तिनाथ, धौलागिरी, माछापुच्छ्रे , जलजलालगायतका हिमाल देख्न सकिन्छ । त्यस्तै दाङका प्रमुख बजार घोराही, तुलसीपुर , नारायपुरलगायतका दाङको सम्पुर्ण भु–भागको अबलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भाबना भएको शर्माले बताए ।
त्यहाँ पञ्चमी देखी अष्टमी सम्म बर्षमा दुई पटक मेला लाग्ने गरेको पुर्ब मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन बिकले बताए । त्यस्तै पर्यटन भित्रिएसंघ त्यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरी स्थानिय परिकार खुवाउन सक्ने हो भने पर्यटकको थप आर्कषणको केन्द्र बन्न सक्ने समाजशास्त्री गोपाल बुढाथोकीले बताए । त्यसबाट आम्दानीको एउटा राम्रो स्रोत बन्ने अर्थशास्त्री योगेन्द्र थापाले बताए । त्यहाँ मगर दलित समुदायका २०÷२२ घरपरिवारको बसोबास रहेको छ ।