शशी लुमुम्बू
काठमाडौँ, १५ चैत । भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ कवि मञ्जुललाई सम्मानित र अल्ट्रा धाविका मीरा राईलाई पुरस्कृत गरेको छ ।
संस्थाका अध्यक्ष दयाकृष्ण राईले भोजपुरमा जन्मी–हुर्की साहित्य, कला, संस्कृति, खेलकुदलगायत क्षेत्रमा योगदान पु¥याउने प्रतिभालाई सम्मान गर्दै आएको बताए ।
प्रमुख अतिथि रसिकले मञ्जुल स्कुलदेखिकै साथी भएको उल्लेख गर्दै उनलाई सम्मान गर्ने सौभाग्य पाएको बताए । उनकै कारण सङ्गीतमा लागेर आफू अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ थियो ।