विराटनगर, १५ चैत । मोरङको विराटनगरस्थित न्यु सृष्टि दैनिकको छैटौं वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री विमलेन्द्र निधि। गृहमन्त्री निधि प्रमुख अतिथि रहेको कार्यक्रममा हास्य कलाकार दीपाश्री निरौला पनि उपस्थित थिइन्।
गृहमन्त्री निधिले दीपा श्रीलाई जिस्क्याउँदै भने, ‘के गर्नु मेरो मेरो विवाह पहिल्यै भइहाल्यो।’ गृहमन्त्रीको ठट्टामा कार्यक्रमस्थल हाँसोले गुन्जिएको थिया । निधिले दीपा श्रीको प्रशंसा गर्दै उनी निकै राम्रो र सबैको प्रिय कलाकार भएको बताएका थिए । अन्नपूर्ण पोष्टबाट