Indrenionline.com

उपचार खर्च छैन छोरीको ज्यान कसरी जोगाउँ ?

गोबिन्द खड्का
घोराही, १४ चैत । छोरीको उपचारमा सहयोग गरीदिन आर एस टोल गोग्ली घोराहीका गोमा रावतले सबैमा अनुरोध गर्नुभएको छ । छातिमा समस्या देखिएपछि तिन बर्ष देखि छोरीको ज्यान बचाउने पिरले दिन वितेको रावतले बताउनुभयो । ऐलानीमा बस्दै आएको बताउने रावतले चार बर्षे छोरी रोस्नी छातिमा खोपिल्टो बन्दै गएपछि धुकचुक धुकचुकमा दिन वितेको जानकारी गराउनुभयो ।

समयमा उपचार नगरे जीवनभर रोगि हुने आमा रावतले चिन्ता गनुभयो । मुटुको नजिक ठुलो खोपील्टो छ । वरपरका हाड पहाडजस्तै उठ्दैगरेका छन् ।

त्यसको असरले छोरी साविक भन्दा कमतौलकि भएको, खान पचाउन नसक्ने, पिसाव रोक्न नसक्ने, विरामी भएको भई गर्ने जस्ता समस्या देखिएका छन् । कुनै बेला छातिमा ठक्कर लागे मुटुमा जान सकने चिन्ता गरीएको छ । चिकित्सकहरुले मुटुलाई थिच्न सक्ने, मासु पलाउन सक्ने लगाएतका खतरा देखाईदिएको आमा गोमाको भनाई छ ।

अहिले सगरमाथा वोर्डिङमा नर्सरीमा अध्ययनरत छात्राको परिवार उपचारको लागि जुटेको बताएको छ । एक मात्रै छोरी छन् । उनका बुवा हेमराज रावत बैदेशिक रोजगारीमा गएका छन् । जन्मेको करीव एक बर्ष पछि हिन्न लाग्दा यस्तो समस्या आएको रावतले जानकारी दिए । ठुला अस्पतालमा जचाउन आर्थीक समस्या रहेको बताए ।

सहयोग गरीदिन आग्रह गेका छन् । उनिहरुले सहयोग गर्नका लािग हिमालयन बैंकको खाता नम्बर ०२४०६३०५०६००१५ दिएका छन् । भने मोवाईल सम्पर्कका लागि ९८०९७९३०६९ नम्बर दिनुभएको छ ।