घोराही, १४ चैत । अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । सोमवार विहान पत्रकार सँग विशेष कुराकानि गर्दै उहाँले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसको उल्लेख गर्दै कुनै पनि हालतमा निर्वाचन नरोकिने स्पष्ट पार्नुभयो ।
अहिले प्रमुख प्रतिपक्षि दल एमाले र मधेशी मोर्चा पनि निर्वाचनमा जाने मनस्थितिमा भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री चिन भ्रमण जानुभन्दा पहिले एमाले र मधेशी मोर्चासँग भएको छलफल सहमति उन्मुख भएको उल्लेख गर्दै महराले देश निर्वाचनमा होमि सकेको धारणा व्यक्त गर्नुभयो ।