Indrenionline.com

त्रिवेणी सुस्ता प्रदेश ५ मै कायम हुनुपर्ने माग

परासी, १४ चैत । नवलपरासीका सांसदले, नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिका प्रदेश नं. ४ मा विभाजन प्रति गम्भीर आपत्ति जाहेर गर्दै सो गाउँ पालिकालाई प्रदेश नं. ५ मै कायम गर्न पर्ने सरकारलाई आग्रह गरेका छन् । जनताको चाहना विपरित सरकारले त्रिवेणी सुस्तालाई प्रदेश नं. ४ मा मिलाउन खोज्दा नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं. ५ र ६ का दुई जना सांसदले सिमाकङ्कन संसोधनका लागि आवाज उठाएका हुन् ।


जिल्लाको निर्वाचन क्षेत्र नं. ५का सांसद विक्रम खनालले आज परासीमा आयोजित पत्रकार सम्मेलनमा भने, जसरी सरकारले दाउन्ने डाँडावारी नवलपुर क्षेत्र प्रदेश नंं ४ र डाँडापारी परासी क्षेत्र प्रदेश नं। ५ छुट्टयाउने गरि जिल्लार्लाइ विभाज गरेको छ सोही खाका अनुसार प्रदेशको पनि सिमाङ्कन हुनु पर्ने सरकार संग माग राखेका छन् ।

स्थानिय निकायको चुनाव आवश्यक छ भन्दै सांसद खनालले राष्ट्रिय शक्तिहरुको बिच राष्ट्रिय सहमति कायम गरि चुनावमा भिडे मात्र देशले निकास पाउने जिकिर गरे । सांसद खनालले, सरकारले मधेशी जनताहरुको जायज मागलाई सम्बोधन गरि गठन हुने सिमांकन आयोगले प्राविधिक हिसाबले प्रदेशको सिमाङ्कन गर्न पर्ने आवश्यक रहेको बिचार पनि व्यक्त गरे ।

पत्रकार सम्मेलनमै निर्वाचन क्षेत्र नं. ६ का सांसद देवकरण कलवारले सन्तु कुनै पनि हालतमा त्रिवेणी क्षेत्र प्रदेश नं। ४ मिसाउन नपाईने बताए । सरकारले जनता र सांसदहरुको भावना विपरित यदि जिल्लाको सिमाङ्कन ग¥यो भने यो संघियता लामो समयसम्म टिकन नसक्ने जिकिर गरे । धार्मिक तथा पर्यटकिय दृष्टिकोणले निकै सम्भावना बोकेको त्रिवेणी क्षेत्रलाई प्रदेश नं। ५ मै कायम गराउन सदन मा कुरा राख्ने तथा सरकार समक्ष स्थानिय जनताको साथमा डेलिगेश समेत जाने सांसद कलवारले चेतावनी दिए ।