Indrenionline.com

अपांगता भएकाहरुका लागि तालिम शुरु

इन्द्रेणी संवाददाता
घोराही, २० जेठ ।
नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्र घोराहीको आयोजना तथा मलिा बालवालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा अपाङ्गता भएकाहरुका लागि एक महिने तालिम शुरु भएको छ ।

अपांगता भएकाहरुलाई मैनवत्ति, नमकिन, दालमोट र भुजिया बनाउनका लागि दिन थालिएको तालिमको उद्घाटन महिला तथा बालवालिका कार्यालय दाङका निमित्त प्रमुख श्रीधर ज्ञवालीले गर्नुभएको थियो ।

नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्रका अध्यक्ष भोलानाथ योगीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै महिला तथा बालवालिका कार्यालयका निमित्त प्रमुख ज्ञवालीले अपांगता भएकाहरुका लागि दिन थालिएको तालिमको मुख्य उद्देश्य अपांगता भएकालाई सक्षम बनाउनु रहेको बताउनुभयो ।

उहाँले मन्त्रालयको सहयोगमा आयोजना गरिएको तालिमको अनुगमन जिल्लाबाट गरिने र तालिम पछि सामग्री सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो । तालिममा अपाङ्गता भएका पुरुष र महिला गरेर ३० जनाको सहभागिता रहेको छ । तालिमका प्रशिक्षकहरुका बेझिया चौधरी र निर्मला रोका हुनुहुन्छ ।।