Indrenionline.com

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी भेट आज मात्रै

काठमाडौं, १४ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन् । दाहालले ग्रेट हल अफ दि पिपुलमा सीसँग भेट्ने कार्यक्रम रहेको जानकारी उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । सीसँगको भेटलाई दाहालले विशेष महत्व दिएका छन् ।

निकटस्थका अनुसार दाहालले आफूले नयाँदिल्लीलाई नजिक राखेको र चीनसँग दूरी बढाएको भन्ने बाहिर भएको प्रचारमा सत्यता नरहेको सन्देश चिनियाँ नेतृत्वलाई दिनेछन् । उनले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनेछन् ।

दाहालले आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावसँग भेटेका थिए । उनले आफ्नो पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए । उनीसहितको नेपाली प्रतिनिधिमण्डलले आइतबार बिहान त्यहाँस्थित ग्रेटवालको पनि अवलोकन गरेको थियो । प्रधानमन्त्री दाहाललाई स्टेट गेस्ट हाउसमा राखिएको छ ।

यसअघि बेइजिङ फरेन अफेयर्स युनिभर्सिटीमा आइतबार आयोजित नेपाल-चीन सम्बन्ध विकास तथा सम्भावनाु विषयक अन्तरक्रियामा दाहालले नेपालमा सरकार परिवर्तन भइरहे पनि नेपाल र चीनबीचको सम्बन्ध सदैव स्थिर रहेको बताएका थिए । आठ महिनाअघि सरकारको नेतृत्वमा आएपछि भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर चीनसँग दूरी बढाएको आरोप खेपेका दाहालले उत्तरी छिमेकीसँगको सम्बन्ध अटल रहँदै आएको बताए ।

नेपाल र चीनमा राजनीतिक परिवर्तन भए पनि सम्बन्धमा कुनै बदलाव नआएको उनको तर्क थियो । अन्नपूर्णमा खबर छ । ुहाम्रो मुलुकमा राजनीतिक परिवर्तन भए पनि चीनसँगको हाम्रो सम्बन्ध स्थिर र अटल छ । नेपाल-चीन सम्बन्धको मौलिकता भनेकै यही होु, दाहालले भने ।चिनियाँ विद्यार्थी, प्राज्ञिक वर्ग र बौद्धिक जमातको उपस्थिति रहेको कार्यक्रमका मुख्य वक्ता दाहालले नेपालमा जसको नेतृत्वमा सरकार बने पनि चीन सरकार र चिनियाँ जनतासँगको मित्रता बलियो र स्थिर रहेको बताए ।