Indrenionline.com

जरायोको मासु सहित महिला पक्राउ

तुलसीपुर । जरायोको सुकुटी सहित दाङबाट एक महिला पक्राउ परेकी छिन् । अबैद्य​​ बन्यजन्तु (जरयो)को १० किलो मासु सहित जिल्ला प्रहरी कार्यालय दाङले एक महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ५ की चुमा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जरायोको मासु कारोबार गरिरहेको सुचनाका आधारमा जिल्ला प्रहारी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई उनको कोठाबाट सुकुटी सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

भण्डारी घोराही उपमहानगरपालिका १५ जानकी टोलमा कोठाभाडा लिएर बस्दै आएकी छिन् । उनको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।