
के.बि.मसाल
सिमेन्ट उद्योगको सुरुवात आजभन्दा १९३ बर्ष अर्थात सन् १८२४ मा भएको हो । यसको आविस्कार जोसेफ एस्पडिन हुन । सुरुमा इंग्लेण्डको पोर्टलैंडको नामबाट सिमेन्ट उत्पादन भएको थियो । यो भन्दा पहिले संसारभर सिमेन्ट प्रयोग हुने ठाउमा चुनको धुलोमा वालुवा र मासको मसौटो मिश्रण गरी ढुङगा अथवा ईटालाई जोडान गरिन्थो । यसरी बनाएको लेपलाई बज्र भन्ने गरिन्थो । राणाहरुले दरवार बनाउदा यहि बज्रको प्रयोग गरेका थिए ।
नेपालमा सिमेन्ट उद्योगको इतिहास धेरै लामो छैन । आजभन्दा ४३ बर्ष अगाडी अर्थात २०३० सालमा काठमाण्डौको चोभारमा पहिलोपटक हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । त्यसबेला सिमेन्ट उद्योग स्थापना हुदा काठमाडौंबासीमा खुसीको सीमा थिएन । तर, त्यही उद्योग राजनीतिक प्रलोभनले राजधानीबासीलाई प्रदूषणको घाँडो बन्यो र अन्ततः जर्मन सरकारले उपहारस्वरुप निर्माण गरिदिएको उद्योग ०५९ सालबाट पूर्ण रुपमा बन्द हुन पुग्यो । हिमाल सिमेन्ट कारखाना बन्द गरिए पनि अन्य दुई सरकारी लगानीका सिमेन्ट उद्योग हेटौंडा र उदयपुर भने कहिले बन्द हुने त कहिले चल्दै छन । पछिल्लो समय गित १५ बर्ष अगाडीबाट सिमेन्ट उद्योगमा निजी क्षेत्रको प्रवेशसँगै नेपाली सिमेन्ट उद्योगले धेरै ठूलो फडको मार्न सफल भइसकेको छ । १० वर्षअघिसम्म ९० प्रतिशत सिमेन्ट विदेशबाट आयात हुने गरेकोमा अहिले घटेर कुल खपतको २० देखि २५ प्रतिशतमा सीमित बन्न पुगेको छ । यसलाई राम्रो पक्ष मान्नु पर्दछ ।
पछिल्लो समय दाङ जिल्ला सिमेन्ट उद्योगको हब बन्न थालेको छ । दाङको महाभारत पर्वतमा रहेको चुुुनढुुंगा खानीलाई केन्द्र बनाउँदै दाङ जिल्ला सिमेन्ट उद्योगको हब बन्दै गएको हो । जिल्लामा सबैभन्दा पहिले दाङ सिमेन्ट इन्डस्ट्रिजले २०५२ सालदेखि काम थालेको थियो । इन्डस्ट्रिजले कारखाना सञ्चालनका लागि पुरन्धाराको कञ्चनपुरमा ३० बिघा जमिन खरिद गरेको छ । विभिन्न कारणले उद्योग स्थापनामा ढिलो भए पनि केही समयभित्र उत्पादन शुरु गर्न लागेको छ । उद्योगले चुनढुङगा खानीका लागि साबिक पुरन्धारा–१ हाल
बबइ गाउँपालिकाको तिते गाउँमा र सल्यान जिल्लाको साबिक काभ्रा गाविस– ८ हाल त्रिवेणी गाउँपालिका लामीडाडामा का २० घरपरिवारको जग्गा खरिद समेत गरेको छ । उद्योग विभागको तथ्याक अनुसार ६ अर्ब २० करोड लगानीमा सञ्चालित दाङ सिमेन्ट इन्डष्ट्रीज नेपालको सबैभन्दा ठूलो लगानीको सिमेन्ट उद्योग हो । दाङमा रहेको यस सिमेन्ट उद्योगले बार्षिक ९ लाख ९७ हजार ९ सय २० मेट्रिक टन सिमेन्ट उत्पादन गर्छ भने २ लाख ३७ हजार ६ सय मेट्रिक टन क्लिङकर र एक लाख मेट्रिक टन लाइमस्टोन उत्पादन गर्दछ ।
दाङ सिमेन्ट उद्योगले चुनढुङगा निकाल्न लागेको बबइ गाउँपालिका तिते पहाड र सल्यानको त्रिवेणी गाउँपालिकामा पर्ने लामीडाडामा २६।५ मिलियन मेट्रिकटन चुनढुङगा रहेको अनुसंन्धानले देखाएको छ । नेपालमा महाभारत पर्वतको श्रृखलामा चुनढुङ्गा करिब १ अर्ब मे।टन भन्दा बढीको भण्डार रहेको विभिन्न अनुसन्धानहरुले देखाएको छ । अनुसंन्धानले हालसम्म ३१ करोड मे।टन प्रमाणित, ११ करोड मे।टन अर्ध प्रमाणित र थप ७४ करोड मे।टनको सम्भावना देखाएको छ । महाभारत श्रृखला नेपालको पूर्व देखि पश्चिम सम्म फैलिएको छ । यसको उचाई समुद्र सतहदेखि करिब १५०० देखि ३००० मिटरसम्म रहेको छ । यो पहाडमा ग्राफाइट, ग्रेनाइट, स्लेट, बलौटे ढुङ्गा,चुनढुङ्गा आदि विभिन्न चट्टानहरुबाट निर्मित यो पर्वत दाङ जिल्लामा मात्र ९० कि।मि।को दुरीमा फैलिएको छ । जुन कारणले दाङ जिल्लाको महाभारत पर्वतमा धेरै चुनढुङगा पाइने हुनाले पनि धेरै सिमेन्ट उद्योग दाङमा सन्चालन हुन लागेका हुन ।
दाङमा सिमेन्ट उद्योगको संख्या सात पुगेको छ । यीमध्ये केहीले उत्पादनसमेत थालिसकेका छन् भने केही उत्पादनको तयारीमा छन् । केही व्यवस्थापनको चरणमा छन् । उद्योगहरुमा न्यूनतम १ अर्बदेखि १० अर्ब रुपैयाँसम्मको लगानी छ । उद्योग मन्त्रालयमा पेस गरिएको विवरणअनुसार दाङका सिमेन्ट उद्योगमा ४१ अर्ब रुपैयाँ लगानी भएको छ । दुईवटा सिमेन्ट उद्योगले उत्पादन शुरु गरिसकेका छन् भने एउटा सिमेन्ट उद्योग निर्माणको अन्तिम चरणमा पुगेको छ । दाङको सिमासँग जोडिएको रोल्पा सिमेन्ट उद्योगले समेत उत्पादन शुरु गरेको छ । दाङ सिमेन्ट इन्डस्ट्रिजले पुरन्धाराको हापुरेमा, सोनापुर सिमेन्ट उद्योग प्रालिले दुधरासमा, घोराही सिमेन्ट उद्योग प्रालिले लक्ष्मीपुरको गोग्लीमा र रोल्पा सिमेन्ट प्रालिले दाङलाई केन्द्र मानेर रोल्पाको बुढागाउँ काउलेचौरबाट सिमेन्ट उत्पादन गरिरहेका छन् ।
भौतिक पूर्वाधारका लागि सिमेन्टको प्रयोग नगरी हुदैन । स्वदेशमा सिमेन्ट उत्पादन गर्ने कुरा राम्रो कुरा हो । तर, यसमा ध्यान दिनुपर्ने कुरा के हो भने, चुनढुंगा उत्खनन्बाट पर्यावरणमा जुन डरलाग्दो क्षति हुने गरेको छ, त्यसलाई ध्यान दिएर उपयुक्त ठाउँको छनौट गर्नु पर्दछ । अहिले नेपालमा विना अध्ययन जथाभावी लाइसेन्स दिदा समस्या आएको छ । पहिलो कुरा त नेपालमा रणनैतिक वातावरणीय प्रभाव मूल्यांकनको परिपाटी नै छैन । त्यसको नीतिगत र कानूनी प्रबन्ध पनि छैन । त्यसैले सिमेन्ट उद्योग सन्चालनमा आएका स्थानमा यो समस्या सिर्जना हुन्छ ।
महाभारत पर्वतबाट चुन ढुङगा निकाल्दा पानीका मुहानहरु सुक्ने र दाङ मरुभुमि हुने संभावना बढेको छ । चुनढुङ्गा उत्खनन्का कारण चारैतर्फ चुनको धुलो उडेन थालेपछि गााउँमा धुलोको प्रदुषण भएको छ । चुनढुङ्गा उत्खनन्का कारण खानीसँगै जोडिएका खेत बारीहरुको उर्वरा शक्ति क्रमशः कम हुँदै गएको छ । हावासँग उडेर चुनको मसिनो धुलो बारीमा बस्दा माटोको उर्वरा शक्तिमा ह्रास आएको छ । चुनढुङ्गा उत्खनन्का कारण महाभारत श्रृखलाहरुका पहाडहरुको प्राकृतिक सुन्दरता नासिदै गएको छ । अर्कोतिर सुखा समयमा महाभारत पर्वतको फेंदीको खोलामा पानी नहुँदा वन्यजन्तुको जीवन संकटमा पर्दै गएको छ । पानीको खोजीमा वन्य जन्तुहरु मानववस्तीमा आउन थालेका छन । चुनढुङगा खानी भएका आसपासका गाउँहरुमा इनार पोखरी सुकेर पानीको हाहाकार हुन थालेको छ । चुनढुङगा उत्खलनकै कारण वर्षामा बाढी पहिरोले खेतबारी र गाउँको वस्तीलाई क्षति पु¥याउन थालेको छ । यस तर्फ भने राज्यले ध्यान दिन जरुरी छ ।
सिमेन्ट भनेको मुख्यत कैल्शियमको सिलिकेट र एलुमिनेट यौगिकको मिश्रण हो । जुन केल्शियमअक्साइड सिलिका एल्मुमिनियम अक्साइड र आइरन अक्साइडबाट बन्दछ । यीनै पदार्थलाई उच्चताप दिएर क्लिकर उत्पादनगरी जिप्सम मिलाएर धुलो बनाएपछि सिमेन्ट तयार हुन्छ । सामान्यतया सिमेन्ट ६५ प्रतिशत म्याग्नेसियम अक्साइड, २० प्रतिशत सिलिकन अक्साइड, १० प्रतिशत अलुमिना अक्साइड र ५ प्रतिशत आइरन अक्साइड मिसाएर तयार गरिएको हुन्छ । नेपालमा ३ प्रकारको सिमेन्ट उत्पादन हुन्छ । पोजोलोजना पोर्टल्यान्ड सिमेन्ट जसलाई पीपीसी भनिन्छ, यसको प्रयोग सामान्य ठाउँमा, घरका भित्ता तथा पर्खाल बनाउनमात्र गरिन्छ । सिमेन्टमध्येको सबैभन्दा कम गुणस्तरको सिमेन्ट पीपीसी हो ।
अत्यधिक प्रयोग हुने अर्को सिमेन्ट अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट ९ओपीसी० हो । यो सिमेन्ट घर निर्माण, पुलपुलेसा, सडक, हाइड्रोपावर तथा ठूला–ठूला परियोजनामा प्रयोग गरिन्छ । विदेशतिर ओपीसी सिमेन्ट धेरै किसिमको हुने भए पनि नेपालमा भने त्यसको वर्गीकरण गरिएको छैन । विदेशमा ग्रेड ४३, ग्रेड ५३, ग्रेड ५५ र ग्रेड ६३ भनेर वर्गीकरण गरिएको भए पनि नेपालमा भने वर्गीकरण गर्न नपाइने नापतौल तथा गुणस्तर विभागको कार्यविधिमा उल्लेख छ । पीएससी सिमेन्ट विशेषगरी ढलका पाइप तथा विशेष प्रकारको बलिया भौतिक पूर्वाधार बनाउन प्रयोग गरिन्छ । पुल निर्माणमा यो सिमेन्ट निकै प्रभावकारी मानिन्छ । यो सिमेन्टमा फलामको धुलोसमेत मिलाइएको हुन्छ ।
यतिखेर मुलुकमा दर्ता भएका ८३ उद्योगमध्य साना ठूला गरी ४७ वटा सिमेन्ट उद्योगले उत्पादन सुरु गरैका छन । तीउद्योग मध्य एक दर्जन उद्यदोगले आफै चुनढुङगा उत्खलनगरी क्लिँकर उत्पादन गरेर सिमेन्छ उत्पादन गर्ने गरेका छन । यो बाहेक नयाँ सिमेन्ट उद्योग दर्ताहुने क्रमपनि उत्तिकै छ । ३० वटा कम्पनीहरुले चुनढुङा उत्खलन गर्ने र १८० कम्पनीहरुले अन्वेषण अनुमती लिएका छन । दाङको सिमासँग जोडिएको रोल्पाको बुढागाउँ–३ स्थित रोल्पा सिमेन्ट उद्योगले दिर्घायु ब्राण्डको ९पीपीसी० र शैलाभ ब्राण्डको ९ओपीसी० सिमेन्ट बजारमा ल्याइसकेको छ उद्योगले मध्यपश्चिम तथा सुदूरपश्चिमलाई केन्द्रित गरी आफ्नो उत्पादनलाई सुरु गरेको थियो । रोल्पा, दाङ, सल्यान, रुकुमलगायतका जिल्लामा आफ्नो उत्पादन बिक्रीसमेत गरिसकेको छ । साथै कम्पनीले काठमाडौं उपत्यकामा समेत केही परिक्षण बिक्री गरिसकेको छ । दाङका अन्य उद्योगको तुलनामा सानो मानिएको उक्त उद्योगमा रु। १ अर्ब २५ करोड लगानी भएको छ । अहिले नेपालमा ८० प्रतिशत सिमेन्ट बाहिरबाट आयात भइरहेकोमा दाङमा स्थापना भएका सबै सिमेन्ट उद्योगले पूर्ण उत्पादन गर्न थालेमा ५० प्रतिशत बाहिरको आयात रोकिने व्यवसायीहरुको भनाई छ ।
नेपाल अब आयातीत सिमेन्टमा निर्भर हुनुपर्ने अवस्थामा छैन । न त सरकारी सिमेन्टका लागि लाइन लाग्ने अथवा भनसुन गर्नुपर्ने अवस्था छ । बजारमा रोजीरोजी सिमेन्ट खरिद गर्न सकिने भए पछि घर बनाउँदा सिमेन्टकै लागि कुर्नुपर्ने अवस्था अहिले छैन । जति धेरै विकास निर्माणका काम हुन थाले, त्यतिकै मात्रामा नेपालमा सिमेन्ट उद्योग उद्योगमा व्यवसायीको नजर पुग्न थालेको छ । सिमेन्टका लागि आवश्यक पर्ने मुख्य वस्तु चुनढुंगाको अथाह सम्भावना भएकाले पनि नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताको पहिलो रोजाइ सिमेन्ट बन्ने गरेको छ । दशकअघिसम्म औंलामा गन्न सकिने उद्योगका उत्पादन रहेको नेपालमा अहिले ४१ उद्योगले सिमेन्ट उत्पादन गर्छन् । तीमध्ये दर्जनभन्दा बढी उद्योग क्लिंकरमा आधारित छन् । अधिकांश उद्योगले आफ्नो क्षमता विस्तार गर्दै लगेका छन् भने कतिपयले प्रत्यक्ष वैदेशिक लगानीसमेत भित्राएका छन् ।
यसले मुलुक सिमेन्ट हब बन्ने बाटोमा गइरहेको देखाउँछ । नेपालमा गुणस्तर प्रमाण चिन्ह लिने उद्योगको संख्या ४२ छ । ७७ वटा ब्रान्डका सिमेन्ट नापतौल तथा गुणस्तर विभागबाट मान्यताप्राप्त छन् । पीपीसी सिमेन्टका ३९, ओपीसीका २९ र पीएससी सिमेन्टका ९ गरी ७७ वटा ब्रान्डले गुणस्तर प्रमाण चिन्ह लिएर उत्पादन तथा बिक्री गर्दै आएका छन् । पछिल्लो समय स्थापना हुँदै गरेका थुप्रै सिमेन्टले गुणस्तरका प्रक्रिया पूरा गर्न बाँकी रहेकाले आगामी १ वर्षमा सयभन्दा बढी ब्रान्डका सिमेन्ट उत्पादन हुने अवस्था छ ।
नेपालमा सन् १९६० को दशकदेखि चीन, भारत, थाइल्यान्ड, जापानलगायत मुलुकबाट सिमेन्ट आयात गरी प्रयोग गर्न सुरु गरिएको थियो । तर, ५० वर्षपछि आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित सिमेन्ट विदेश निर्यात गर्ने अवस्थामा मुलुक पुगेको छ । ०७३ पछि आयातमा प्रतिबन्ध स्वदेशी सिमेन्टको प्रवद्र्धन गर्न भन्दै सरकारले ०७३ पछि सिमेन्ट र क्लिंकरको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयन हुन सके नेपाल सिमेन्टमा आत्मनिर्भर बन्नेमात्रै होइन, नेपालबाट निकासीको सम्भावना पनि बढन जाने छ ।
राप्ती समाचार व्लगबाट