प्यूठान, ११ चैत । प्यूठानमा अज बिहान भएको जीप दुर्घटनामा मर्नेका संख्या सात पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी अम्बिका गजुरेलको उपचारको क्रममा मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या सात पुगेको हो । काभ्रेको बनेपाबाट तिर्थयात्री लिएर आएको बा ८ च १५६१ नम्वरको स्कार्पियो जीप दुर्घटना भएको हो ।
स्वर्गद्धारी नजिकै रुमाले भन्ने ठाँऊमा भएको दुर्घटनामा मृत्यु भएकाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा दुई महिला र जीप चालक ललितपुर निवासी सरोज घले घाईते भएका छन ।