काठमाडौं ११ चैत । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश सुशीला कार्कीलाई संवैधानिक इजलासमा तत्काल न्यायाधीश तोक्न परमादेश गरेको छ।
अधिवक्ता माधवकुमार बस्नेतले संवैधानिक इजलास गठनका लागि न्यायपरिषदबाट आवश्यक न्यायाधीश सिफारिस गर्न परमादेश जारी हुनु पर्ने माग गर्दै फागुन २३ मा रिट दर्ता गराएका थिए। माघ ४ गते उनले सर्वोच्चमा लगेको रिट एक महिनाभन्दा बढी विचाराधीन अवस्थामा रहेर दर्ता भएको थियो।