Indrenionline.com

मृतक पुन परिवारलाई सल्यानी सेवा समाजको राहत

शान्तकुमार बुढा मगर

मलेशिया ११  चैत्र ।  मलेसियामा ज्यान गुमाएका केशर पुनको परिवारलाई सल्यान सेवा समाज मलेसियाले बुधबार राहत सहयोग हस्तान्तरण गरेको छ । सल्यान घर भइ केही महिना अघि परिवारको हातमुख जोड्न र आर्थिक जोह गर्न भन्दै मलेसिया पुगेका पुन को गत पुस १६ गते हृदयघातका कारण मृत्यु भएको थियो ।

सल्यान सेवा समाज मलेसियामा आवद्ध युवाहरूले आर्थिक संकलन गरि मृतकका श्रीमति मनिषा पुन लाई २ लाख ९२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो। एक कार्यक्रमका बिच गरिएको उक्त राहत हस्तान्तरण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष शान्त कुमार पुनले सो रकम सल्यान जिल्लाको बरलामा हस्तान्तरण गर्नु भएको हो ।
मृतक पुनका श्रीमती दुई छोरा १ छोरी छन ।

सल्यानि युवाहरुले २०६६ सालमा स्थापना गरेको सल्यान प्रवास सेवासमाज मलेसियाले स्थापना काल देखि नै बैदेसिक रोजगारको शिलशिलामा समस्यामा परेका युवाहरुका साथै ,विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाले यश अघि पनि मृगौला पिडित,बैदेशिक रोजगारको शिलशिलामा अङ्गभङ्ग,मृतक जेलजिवन वितायकाहरुको उद्धार लगायतका थुप्रै सामाजिक कामहरु गर्दै आईरहेको छ।

पिडितहरुको समस्याहल गर्न नसकेपनि पिडित परिवारको घाउमा मलमपट्टि लगाउन सस्था सफल भयको सस्थाका सस्थापक अध्यक्ष पुनको दावि रहेको छ।सस्था विशुद्ध सामाजिक कामका लागि भएकाले सबै पक्षको सहयोग रहेमा यसले बिदेशीने लाखौ युवाहरुलाई स्वदेशमै रोजगारिका लागि केही गर्न सकिने सस्थाका सल्लाहकार सदस्य लोकराज भण्डारिले बतायका छन।