यमकला भुसाल
तुलसीपुर , ११ चैत्र । आयआर्जनको कुनै श्रोत नभएपछि तुलसीपुर उपमहानगरपालीका ७ ग्वारखोलाका महिलाहरु खोलामा वालुवा चालेर जिविको पार्जन गर्न वाध्य भएका छन ।
धेरै छोराछोरी छन गरी खाने आफ्नो खेतबारी पनि छैन अर्मिता बोहोराले भन्नुभयो – यो वालुवा नचालेर के गरम दश जनाको पेट त पाल्नै प¥यो । ६ छोरी,२ छोरा अनि श्रीमान रहेको वोहराको परिवारमा श्रीमानको कमाइले मात्रै खान नपुग्ने भएपछि आफुले पनि वालुवा चाल्नु परेको उहाँले वताउनु भयो । हावाहुरी, घाम, पानी केही नभनी दिनभरी वालुवा चाले पछि दैनीक ३ सय जती कमाउने गरेको वोहराले जनाकारी दिनुभयो ।
श्रीमान पोखरा कमाउन जानुभएको छ ,मैले वालुवाबाट दिनमा दुई,तिन सय कमाउछु त्यहि पैसा लगेर छोरा छोरीलाई नुन तेलको बाटो गरेकी छु अर्की महिला अमी खड्काले दुखेसो पोख्नु भयो । खोलाको छेउमा सानो घर छ कहिले त्यहि घर पनि बर्खा खोला आको वेला बगाएर लगिदिन्छ की डर लाग्छ खड्काले भन्नु भयो– एक गास खान र आनन्दले सुत्न पाउने भए हुनेथियो ।
यसरी आयश्रोतको अन्य वाटो नभएपछि विद्यालय जानुपर्ने उमेरमा खड्काकी छोरी समेत वालुवा चाल्न वाध्य भएकी छन् । सबैका छोरा छोरी स्कुल पढ्न जान्छन आफु पनि त्यसैगरी पढ्न जान मन लाग्छ तर म भने घरको आर्थिक अबस्था कमजोर भएकाले आमा सगँ काम गर्न जानुपर्छ अमिकी छोरी लक्ष्मी खड्काले बताउनुभयो ।