काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका सभामुख डा।शिरिन शर्मिन चौधरीबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो भएको भेटमा नेपाल र बंगलादेशबीचको सम्बन्धका विषयमा छलफल भएको छ ।
बंगलादेशका सभामुखले प्रधानमन्त्रीलाई बंगलादेश भ्रमणको निम्तो दिनु भयो । उहाँले नेपालको संविधान र शान्ति प्रक्रिया विश्वकै नमूना भएको बताउँदै यसवाट संसारले सिक्न सक्ने बताउनु भयो । उहाँले नेपालको संविधान धेरै प्रगतिशील रहेको र यसले महिलालाई धेरै अधिकार सम्पन्न बनाएको भनाई राख्दै यसका लागि प्रधानमन्त्रीलाई बधाई र धन्यवाद व्यक्त गर्नु भयो ।