काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् ।
प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण मुलतः सदभावना भ्रमण भएको जानकारी दिँदै यसक्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी दिए ।
प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र विज्ञ ज्यूका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद ज्ञापन गरे । उक्त भेटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले आफ्ना महत्वपूर्ण सुझाव दिएका थिए ।
